Top News राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१८ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो साढे २ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने एजेन्डा रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *