Top News पालिका खबर सहकारी दर्पण

यार्सागुम्बाको अवैध कारोबार गरेको आरोपमा चार जना पक्राउ

१८ भदौ,काठमाडौँ । महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चारजनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौंको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई काठमाडौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसीलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो ।

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा डुण्डुपको डेरा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित चारै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.