Featured Slider Top News राजनीति

प्रदेश २ मा नेकपा एकीकृत समाजवादीको बहुमत

१८ भदौ,काठमाडौँ । प्रदेश नं २ को प्रदेश सभामा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा बहुमत देखिएको छ ।

प्रदेश सभामा एमालेका २१ सांसद थिए। तीमध्ये ११ जनाले बिहीबार एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो।

सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव छन्।

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेकोे हो ।

Leave a Reply

Your email address will not be published.