Featured Slider Top News स्वास्थ्य

थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टी,२३ को मृत्यु

१८ भदौ,काठमाडौँ । गत २४ घण्टामा नेपालमा थप एक हजार ७५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ जनाको कोरोना परीक्षण गर्दा एक हजार ३५७ जनाको पिसिआर र ३९९ जनाको एन्टेजिन विधिबाट कोरोना पुष्टि भएको हो ।

यस अवधिमा २३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।

यस्तै यस अवधिमा निको हुने संक्रमितको संख्या भने २ हजार २७४ जना रहेको छ । योसँगै हालसम्म कुल ७ लाख २३ हजार ४५६ जना संक्रमित निको भइसकेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ।

Leave a Reply

Your email address will not be published.