१८ भदौ,काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्।
उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।
गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनुभएको छ ।
गौतमका सञ्चार सहयोगी विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले पार्टी कार्यालयमा राजीनामा बुझाएको पुष्टि गरे।
उनी एमालेका पहिलो वरियताका उपाध्यक्ष थिए।