Top News राजनीति

‘मिलेर अघि बढ्न आग्रह’

१८ भदौ,काठमाडौँ । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले पद प्राप्तिका लागि एमाले चोइटाउने खेल भइरहेकाले मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ । एमाले जिल्ला कमिटी ललितपुरले आज यहाँ आयोजना गरेको ‘जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला’ मा उहाँले एमाले देश र जनताको हितमा सधैँ लागीरहने बताउनुभयो । ज्ञवालीले अब पनि आर्थिकका साथै सामाजिक रुपान्तरणका लागि मिलेर अघि बढ्दा समृद्धि हासिल हुने बताउनुभयो ।

वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एमालेले सधै देश र जनताको हितमा काम गर्ने धारणा राख्नुभयो । एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले गएको स्थानीय सरकारको चुनावमा आफूहरुले ७५ प्रतिशत विजय हासिल गरेकोले अरुले देख्न नसकेको बताउनुभयो । “पार्टीलाई पुनः चुस्त र मजबुत बनाउन आवश्यक छ ”, उहाँले भन्नुभयो । कार्यक्रममा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला सचिवालय सदस्य ब्रम्हानन्द श्रेष्ठ लगायतले पार्टी संगठन र समसामयिक राजनीतिका विषयमा धारणा राख्नुभएको थियो ।रासस

Leave a Reply

Your email address will not be published.