अर्थ

६ लाखको चुरोट बरामद

कञ्चनपुर । सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट रु छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका-९ खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ ।

यसैगरी बेलौरी नगरपालिका–८ दिपघाट, भीमदत्त नगरपालिका–९ मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *