Top News राजनीति

यति सारो लाजसरम पचेको मान्छे जिन्दगीमा देखेको थिइनँः अध्यक्ष ओली

१९ साउन,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नो पार्टीको बदनाम र चरित्रहत्या गरेको आरोप लगाएका छन्। एमालेको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालले एमालेलाई कमजोर बनाउने जिम्मा लिएर काम गरिरहेका बताएका हुन् ।

शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उनले यति सारो लाजसरम पचेको मान्छे जिन्दगीमा देखेको थिइनँ भनेका हुन् ।

उनले भने,‘माधव नेपालले प्रतिवेदन भनेर कुन्नी के निकाल्या छ अहिले । उनको जिम्मा नै के हो भने एमालेलाई बदनाम गर्नु, एमालेलाई कमजोर पार्नु, एमालेको चरित्रहत्या गर्नु, एमालेप्रति जनतामा वितृष्णा पैदा गर्न खोज्नु’ ,‘किन यति सारो कम्युनिस्टविरोधी भए उनी रु कम्युनिस्ट भनेको सुन्नै नहुने किन भए उनी रु समाजवादी १ अहिले त (एस) पार्टी अरे १ कांग्रेसको (एस) पार्टी । वामपन्थी सरकार ढाल्ने, विरोधीको सरकार बनाउने । प्रतिक्रान्ति रोकेँ भन्ने। दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने रु यति सारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहीँ पनि देखेको थिइनँ ।’

Leave a Reply

Your email address will not be published.