१९ साउन,काठमाडौँ । नेपालमा थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा पोजिटिभ आएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।
यस्तै, २ हजार १९५ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ८२६ पुगेको छ।