२० भदौ,काठमाडौँ । भारतमा थप ४२ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ८७ हजार ६१५ पुगेको छ ।
यस्तै सोही अवधीमा ३११ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार ५६७ पुगेको छ ।
हाल भारतमा ४ लाख १६ हजार ४७२ जना संक्रिय संक्रमित छन् ।