२० भदौ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ ।
यस्तै आइतबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ।
यस्तै आज थप १५ सय ३४ जना कोरोनामुक्त भएका छन्। यो सँगै ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।