Top News खेलकुद

मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल पराजित

२० भदौ,काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारत र नेपालबिच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २ – १ गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ६२ औँ मिनेटमा फारुख चौधरीले भारतका लागि गोल गरे। ८० औँ मिनेटमा भारतीय टोलीका कप्तान सुनिल छेत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यस्तै ८६ औँ मिनेटमा तेज तामाङले नेपालका लागि सान्त्वना गोल फर्काए ।

यसअघि बिहीवार भएको पहिलो खेलमा नेपाल र भारतले १ – १ गोलको बराबरी खेलेका थिए।

Leave a Reply

Your email address will not be published.