Top News मौसम

आगामी ३ दिनसम्म मेघ गर्जन सहित भारी वर्षाको संभावना, सतर्क रहन मौसमविद्को आग्रह

२१ भदौ,काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

महाशाखाका अनुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना छ।

यस्तै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा रातमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ। पानीसँगै चट्याङ पर्ने संभावना पनि रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *