Top News पालिका खबर सम–सामयिक

सङ्खुवासभामा दुई बच्चासहित एकै परिवारका ६ जनाको हत्या

२१ भदौ,काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ ।

सङ्खुवासभाको मादी नगरपालिका १ को खोलागाउँमा एकै परिवारका अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्की ,तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् ।

अज्ञात समूहबाट घरेलु हतियार प्रहार गरेर सबैको हत्या गरिएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी लालध्वज सुवेदीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.