२१ भदौ,काठमाडौँ । सोमबार सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । यस समाचार तयार पार्दासम्म (१ बजे) नेप्से परिसूचक ८२.७४ अंकले बढेर २९०१.५८ विन्दुमा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक पनि १५.८७ अंकले बढेर ५३७.८६ विन्दुमा पुगेको छ ।
कूल २१६ वटा कम्पनीको ७२ लाख २५ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९४ लाख ६५ हजार ६ सय ३७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।
यसै अवधिसम्म पाँचथर पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अर्थसँसार