Top News राजनीति

एकीकृत समाजवादीको कार्यालय मीनभवनमा

२१ भदौ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।

उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ ।

बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी
दिनुभयो । हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ ।

निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधी प्रदान गरेको छ । यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेकाले एक साताभित्रमा दर्ता गरिने जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published.