Top News स्वास्थ्य

थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टी, २० को मृत्यु

२१ भदौ,काठमाडौँ । नेपालमा आज कोरोना भाइरसका १ हजार ८ सय ९७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ सय ८८ जना पिसीआर र ४ सय ९ जना एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

गएको चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८५८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ७० हजार ७५९ पुगेको छ ।

त्यस्तै गएको चौबीस घण्टामा एक हजार ७४३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म सात लाख २८ हजार ९२८ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९७३ सक्रिय सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published.