Top News राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

२२ भदौ,काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा बैठक आह्वान गरिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

बैठकमा भोलि बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.