Featured Slider Top News खेलकुद

पहिलो एक दिवसीय क्रिकेटमा नेपाल र पिएनजी आज भिडदै

२२ भदौ,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार पपुवा न्युगिनी (पिएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

आइसिसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पिएनजीसँग खेल्न लागेको हो। पहिलो एक दिवसीयमा नेपालले अनुभवी खेलाडीलाई आराम दिन सक्नेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल छन् ।

नेपाल र पपुवा न्यूगिनीबिचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सले गर्ने छ । इन्टरनेमा फ्यान कोडको एप्सबाट हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published.