२२ भदौ,काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भई प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।
महाशाखाले आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ।