Top News राजनीति

एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीश राणाको इजलासमा

२२ भदौ,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ आज हुँदैछ ।

निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।

यसअघि भदौ २० गते प्रधानन्यायाधीश राणाकै इजलासमा रहेको उक्त मुद्दा हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो ।

गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए। एमालेले कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

Leave a Reply

Your email address will not be published.