२२ भदौ,काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने घोषणा गरेका छन् ।
अध्यक्ष दाहालले वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै एमसिसीबारे अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नआएकाले एमसिसी पारित नहुने उद्घोष गरेका हुन्।
‘हामीले पठाएको कूटनीतिक नोटको जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन’, उनले भने ।