२२ भदौ,काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।
यसैगरी, आज २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३१ हजार जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ ।