Top News स्वास्थ्य

थप १ हजार ६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

२३ भदौ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ र ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ।

यस्तै आज थप २१ सय ६१ जना कोरोनामुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *