Top News राजनीति

प्रचण्ड, नेपाल र यादवबिच भेटवार्ता

२४ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टि (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ।

हात्तीवनमा भएको भेटमा तीन दलका शीर्ष नेताहरुबिच एमसीसी, मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिलाइका बारेमा छलफल भएको हो।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाएको छैन । भदौ २३ गतेपछि सरकार विस्तार हुने भनिएपनि मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तार हुन नसिकेको हो। माधव नेपाल र उपेन्द्र यादवबिच मन्त्रालयको भागबण्डाबिच विवाद मिलाउन प्रचण्डले आजको बैठकमा मध्यस्थता गरेको स्रोतले जनाएको छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ दल र सत्ताबाहिर रहेका दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन । एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले शीर्ष नेताहरुसँग छलफल गर्दैछिन्।

Leave a Reply

Your email address will not be published.