Top News स्वास्थ्य

थप १२ सय ७१ जनामा कोरोना पुष्टि , १४ को मृत्यु

२४ भदौ,काठमाडौँ । नेपालमा थप १२ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १०५८ र एन्टीजेन परिक्षणबाट २१३ गरि कुल १२ सय ७१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८८९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८४५ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ ।

Leave a Reply

Your email address will not be published.