Top News खेलकुद

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलमा नेपालको अग्रता

२४ भदौ,काठमाडौँ । नेपाल र बंगलादेशबीच जारी महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले १ ० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा नेपालका लागि डेब्यु खेलाडी सविता रानाले गोल गरेकी हुन् ।

आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले मिडफिल्डरद्वय सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् ।

घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published.