Top News खेलकुद

नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलः नेपाल विजयी

२४ भदौ,काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा सविता रानाले १४औँ र प्रिति राईले २३औँ मिनेटमा गोल गरेपछि नेपालले अग्रता लिएको थियो । खेलको दोस्रो हाफमा बंगलादेशकी टोहुरा खातुनले गोल फर्काएकी थिइन् ।

सविता र प्रिती दुवैले आजै राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.