Uncategorized

नारायणकाजीले बनाए कोभिड–१९ स्वयंसेवा टिम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड–१९ स्वयं सेवा’ गठन गरेको छ।

कोरोनाका कराण समस्यामा परेका नागरिकको सहयोगका लागि ‘कोभिड– १९ स्वयं सेवा’ गठन गरेको सचिवालयले जनाएको छ। श्रेष्ठका निजी सचिवालयले गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्‍याउने जनाएको छ।

‘कोरोना पुष्टि भएका मानिसहरुलाई थप उपचार तथा अन्य सहयोग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्‍याउन सहयोग गर्ने र घरमै आइसोलेसनमा बस्दा हुने अवस्थामा आइपर्ने समस्या र चुनौतीको सामना गर्न सहजीकररण गर्ने’ विज्ञप्तिमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *