२५ भदौ, काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा थप ३४ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३१ लाख ७४ हजार ९५४ पुगेको छ ।
सोही अवधिमा थप २६० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ९ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा ३७ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् ।
हाल भारतमा ३ लाख ९० हजार ६४६ जना सक्रिय संक्रमित रहेका छन्।