Top News राजनीति

प्रतिनिधि सभाको अर्को बैठक भदौ २७ गते बस्ने

२५ भदौ,काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ ।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेश गरिएको थियो । सरकारले बजेटसम्बन्धी प्रतिस्थापान विधेयक पेश गर्दै ओली सरकारको बजेटलाई परिमार्जनसमेत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरे ।

एमाले सांसदहरुको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले दुई दुई पटक बैठक स्थगित गरेका थिए ।

अर्थमन्त्रीले बजेटको संशोधित खाका प्रस्तुत गरिसकेपछि सभामुख सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published.