Top News खेलकुद

ओल्ड ट्राफोडमा रोनाल्डोले भुकम्प ल्याउनेछन्

२५ भदौ,काठमाडौँ । विश्वका उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले भोली म्यानचेस्टर युनाइटेडबाट दोस्रो पटक डेब्यू गर्दैछन् ।

युनाइटेडले रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सबाट १२.८ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो । युनाइटेडमा यसअघि ६ वर्ष बिताएका ३६ वर्षीय रोनाल्डोले २९२ खेलमा ११८ गोल गरिसकेका छन् ।

१२ बर्ष पछि युनाइटेड फर्किएका रोनाल्डोलाई रातो जर्सीमा खेलेको हेर्न सबै युनाइटेड तथा रोनाल्डो समर्थक आतुर छन् ।

म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाइटेड सँग भोलि प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा रोनाल्डोको स्वागत भव्य हुने निश्चत छ ।
खेलको टिकट थोरै समयमा नै सबै बिकेको स्रोतहरुले जनाएको छ ।

पोर्चुगिज स्टार रोनाल्डोले युनाइटेडमा पुनः ७ नम्बरकै जर्सी लगाउनेछन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडमा खेल्दा रोनाल्डोले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप,फिफा क्लब विश्वकप, कम्युनिटी शिल्ड र १ एफए कपको उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published.