Top News राजनीति

केन्द्रीय कार्यालय उद्घाटन गर्दै एकीकृत समाजवादी

१ असोज,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आज (शुक्रबार) आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गर्दै छ।

नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले बिहान १० बजे बानेश्वरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागेको हो। नयाँ बानेश्वरको आलोकनगरमा रहेको उक्त केन्द्रीय कार्यालयको उद्घाटन पार्टीका अध्यक्ष माधव नेपालले उद्घाटन गर्नेछन्।

कार्यालयको घर पूजा थापा बस्नेतको रहेको अध्यक्ष नेपालले बताएका छन् ।

एकीकृत समाजवादीले फेशबुकमा लेखेको छ, ‘नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय उद्घाटन असोज १ गते बिहान ठिक १० बजे हुने भएकोले केन्द्रीय कार्यालय, आलोकनगर (तीनकुने पुल दक्षिण) उपस्थितिका लागि अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *