Top News स्वास्थ्य

थप एक हजार ४७८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

६ असोज,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५९ जना कोराना संक्रमितको मृत्यु भएको छ।

सोहि अवधिमा १ हजार ६३० जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *