Top News स्वास्थ्य

थप आठ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, नौ जनाको मृत्यु

१० असोज,काठमाडौँ । नेपालमा थप आठ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भएको ८ हजार ५ सय ८९ पीसीआर परीक्षणमा ७ सय ३० जना संक्रमित पहिचान भएका छन् भने ५ हजार १४७ को एन्टिजेन परीक्षणमा १ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ।

मन्त्रालयकाअनुसार संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार नौ सय ९६ जनाको मृत्यु भएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २ सय ७९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ।

हाल देशभर १९ हजार एक सय ४२ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *