Top News शिक्षा

एसईई परीक्षा आवेदन फाराम खुला

१५ असोज,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा आवेदन तथा रजिष्ट्रेसन फाराम खुला गरेको छ ।

बोर्डले एक सुचना जारी गर्दै यस शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरुले २०७८ सालको नियमित एसइइ परीक्षामा समावेश हुनका लागि कक्षा दशमा अध्यनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फाराम भर्न पाउने भएका छन्। विद्यार्थीहरूले २०७८ असोज १५ देखि २०७८ कात्तिक मसान्तभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ । त्यस्तै उक्त परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम भर्ने सूचना समेत जारी गरिएको छ ।

विद्यालयहरूले निर्धारित अवधिभित्र आवश्यक कागजात र दस्तुर सहित प्राप्त आवेदन फाराममा रहेको विद्यार्थीको नाम, थर, जन्म मिति, परीक्षा दिने विषयहरू ठीकसँग भरे नभरेको रुजु गर्नुपर्नेछ ।

पुर्ण सुचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *