Top News राजनीति

एमाले विधान महाधिवेशनः पानीको बोतलमा पनि ओलीको तस्बिर !

१५ असोज,काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन गोदावारीमा शुरू भएको छ । एमालेको विधान महाधिवेशनको चहलपहल बढ्दो रुपमा रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरुले एस्कर्टिंग गरेर महाधिवेशन स्थल पुर्याएका थिए ।

सहभागी कार्यकर्ता तथा नेताहरुले पिउने पानीको बोतलमा पनि ओलीको तस्बिर देखिएको छ । कोरोना महामारीलाई वेवास्ता गर्दै एमालेका करिब ६ हजार प्रतिनिधि सम्मेलनस्थलमा सहभागी हुँदैछन् ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरिसकका छन् । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् । सुत्रन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *