स्थानिय खबर

रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित

परासी । कर्मचारीमा कोरोना संक्रमित पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरेको छ ।

नगरपालिका र वडा कार्यालयमा कार्यरत ११ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको नगरपालिकाले जनाएको छ ।

संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने भएकाले कात्तिक २४ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

कोरोना संत्तःीम्त् एक कर्मचारीको काठमाडौंमा उपचार भइरहेको छ भने अन्य दश जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *