राजनीति

कोरोनाबाट पूर्वसभामुख महराकी पत्नी सीताको निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ ।निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् । महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ ।

२०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उनले सुरक्षाकर्मीको घेरा तोडेकी थिइन् । त्यस दिनदेखि नै उनको परिवार नै पूर्णकाली कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लागेका थिए ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो । कात्तिक १४ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *