जीवन यात्रा पालिका खबर

भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु

१८ असोज,काठमाडौँ । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएकोे छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइताबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो ।

भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताउनुभयो ।

ज्येष्ठ नागरिक लामा गुठिचौरबाट दिउँसो करिब ४ः३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *