Top News स्वास्थ्य

थप ७६४ जनामा कोरोना संक्रमण पुष्टी, १० को मृत्यु

२२ असोज,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ८८ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार दुई सय १० पुगेको छ।

त्यस्तै सोही अवधिमा १०३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *