Top News खेलकुद

इपिएल फाइनल आजः उपाधिका लागि पोखरा र चितवन भिड्दै

२३ असोज,काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन् ।

खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन् ।

यस पटको उपाधि नयाँ टिमले जित्ने भएको छ। चितवन र पोखराले अहिलेसम्म उपाधि जितेका छैनन् । यसअघि ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो। त्यस्तै, दोस्रो संस्करणमा विराटनगर वारियर्सले र पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेका थिए ।

यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेलेकोमा दुवैमा चितवन विजयी भएको थियो ।

ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *