Top News खेलकुद

पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्स बन्यो ईपीएल च्याम्पियन

२३ असोज,काठमाडौँ । चितवन टाइगर्स यसपालिको एभेरेष्ट प्रिमियर लिग (ईपीएल) च्याम्पियन बनेको छ । चितवनले शनिबार भएको उपाधि भिडन्तमा पोखरा राइनोजलाई चार विकेटले हरायो ।

त्रिवि विकेट मैदानमा भएको फाइनल खेलमा चितवनले टस जित्दै फिल्डिङ रोजेको थियो । पोखराले जितका लागि चितवनलाई ११२ रनको लक्ष्य दिएको थियो । पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्रै बनाउन सफल भएको थियो ।

जवाफी ब्याटिङ गरेको चितवनले १५.५ ओभरमा ६ विकेटको क्षतिमा ११४ रन बनायो । चितवनको जितमा लागि भीम सार्कीले अर्धशतकीय पारि खेले । तर उनी जितको लागि २ रन आवश्यक रहेका बेला आउट भएका थिए । ६३ रन बनाएका सार्कीले ४५ बल फेस गर्दा २ छक्का र ७ चौका प्रहार गर्न सफल भए । त्यस्तै दिलिप नाथ १७ बलमा १८ रन बनाएर आउट भए ।

च्याम्पियन चितवनले ५० लाख रकमसहित ट्रफी हात पारेको छ भने उपविजेत पोखराले १५ लाख पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *