Top News स्वास्थ्य

थप ७६० जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

२३ असोज,काठमाडौँ । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

त्यस्तै सोहि अवधिमा देशभर ८९९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७५ हजार ७२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार ३४० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *