Featured Slider Top News खेलकुद

जता गएपनि रोनाल्डोको गोलबर्षा…

२४ असोज,काठमाडौँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित निकालेको छ ।

शनिबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई ३–० ले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्भाले एक एक गोल गरे ।

यो खेलसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्यामा झन् सुधार गरेका छन् । रोनाल्डोले गत महिना इरानका अली दाईको १०९ गोलको कीर्तिमान तोड्दै अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए । रोनाल्डोको पोर्चुगलका लागि १ सय १२औँ गोल पूरा गरेका छन् ।

पोर्चुगलले अब मंगलबार राति विश्वकप छनोटमा लक्जेमबर्गविरुद्ध खेल्नेछ । युरोपेली विश्वकप छनोटको समूह ‘ए’ मा रहेको पोर्चुगल दोस्रो स्थानमा छ । पोर्चुगलले पाँच खेलबाट १३ अंक जोडेको छ । ६ खेलबाट १४ अंक जोडेको सर्विया शीर्ष स्थानमा छ । गएराति सर्वियाले लक्जेमबर्गलाई १–० ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *