Featured Slider Top News खेलकुद

साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको खेल आज

२४ असोज,काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । नेपाल र भारतबीचको खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ।

सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ। भारतलाई भने अबका बाँकी दुई खेल जित्नै पर्ने दबाब छ ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। त्यस्तै २ खेलमा २ अंक जोडेर भारत चौंथो स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ।

त्यस्तै भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

हालसम्म नेपाल भारतबीच २१ खेल भएका छन् । जसमा १४ खेलमा भारत हावी भएको थियो । नेपालले २ खेलमा मात्रै आफ्नो पक्षमा नतिजा निकालेको थियो ।त्यस्तै ५ खेल बराबरीमा रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *