Top News खेलकुद

नेशन्स लिगको उपाधि विश्व विजेता फ्रान्सलाई

२५ असोज,काठमाडौँ । युरोपियन नेशन्स लिग फुटबलको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई पराजित गरेर स्पेनले उपाधि उचालेको हो ।

इटालीको मिलानस्थित सान सिरो रंगशालामा सम्पन्न खेलमा स्पेनले ६४औं मिनेटमा मिकेल आयर्जाबलको गोलबाट अग्रता लिएको थियो । पछि परेको खेलमा पुनरागमन गरी फ्रान्स विजयी भएको हो ।

फ्रान्सका लागी ६६ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । ८० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरी फ्रान्सलाई उपाधि दिलाएका हुन् ।

यसैबिच तेस्रो स्थानका लागि भएको खेलमा इटालीले बेल्जियमलाई २–१ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *