Featured Slider Top News पालिका खबर सम–सामयिक

बढी भाडा लिएको आरोपमा ७ जना पक्राउ

२५ असोज,काठमाडौँ । चाडपर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने ७ जनालाई आज बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क ३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएका सातै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *