Top News अर्थ

निफ्राको लाभांश संशोधन, बोनस कति प्रतिशत ?

२५ असोज,काठमाडौँ । नेपाल इन्फ्रास्टक्चर बैंक निफ्राले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बाँड्ने लाभांश संशोधन गरेको छ ।

यसअघि ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साढे आठ प्रतिशत नगद वितरण गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको भए पनि केन्द्रिय बैंकले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो ।

केन्द्रिय बैंकले यसअघि नै कुल लाभांशको ३० प्रतिशतमात्र नगद वितरण गर्न पाउने व्ययवस्था गरेको थियो । केन्द्रिय बैंकको व्यवस्थाअनुसार बैंकको लाभांश नमिलेपछि संशोधन गर्नुपरेको हो ।आजको अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *