स्वास्थ्य

भारतमा एक सातापछि एकैदिन नयाँ संक्रमितको संख्या ५० हजार नाघ्यो

एजेन्सी । भारतमा एक सातापछि दैनिक संक्रमितको संख्या बढेर ५० हजार नाघेको छ । पछिल्लो एक साता भारतमा दैनिक संक्रमित ५० हजारभन्दा कम थियो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५० हजार ४६५ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यसैगरी बुधबार संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेर ७०४ पुगेको छ । निधन हुने संख्या पनि १५ दिन यताकै यो सबैभन्दा बढी हो ।

भारतमा हालसम्म ८३ लाख ६३ हजार ४१२ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये ७७ लाख १० हजार ६३० जना निको भइसकेका छन् ।

अहिले भारतमा सक्रिय संक्रमित ५ लाख २५ हजार ३९७ जना रहेका छन् । भारतमा हालसम्म ११ करोड ३९ लाख जनाको नमुना परीक्षण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *